तपस्वी भनिएका बमजन पुन: हलखोरिया फर्कने हल्ला, वन कार्यालय र मातहतका निकाय सक्रिय

प्रस, निजगढ, ३० भदौ/

 

 

illust

तपस्वी भनिएका रामबहादुर बमजन शनिवार पुन: हलखोरिया तपस्यास्थल फर्कने हल्ला फैलिएपछि जिल्ला वन कार्यालय बारा र मातहतका निकाय सक्रिय भएका छन् । बमजन हलखोरियाबाट बाहिरिएको एक साता नबित्दै वन क्षेत्रमा लगाइएको तारबार हटाउँदै केही दिनपछि एक दर्जन टहरा समेत जिल्ला वन कार्यालय बाराले हटाइसकेको थियो । बमजन पुन: फर्कने हल्ला बेला बखत चलाइएपछि वन क्षेत्रमा नबस्न आग्रह गरेको जिल्ला वन कार्यालय बाराका प्रमुख रामनन्दन साहले जनाएका छन् । माथिल्लो निकायबाटै वन क्षेत्रमा बस्न नदिन तल्लो निकायलाई निर्देशन आएकोले वन क्षेत्र प्रवेशमा रोक लगाइएको जिल्ला वन कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी अनुराग द्विवेदीका अनुसार प्रहरी प्रशासनको माथिल्लो निकायबाट समेत वन क्षेत्रमा तपस्वी बमजनलगायत उनका अनुयायीलाई बस्न नदिन निर्देशन आएकोले जबर्जस्ती गरे प्रहरीले बल प्रयोग गर्ने बताएका छन् । जिल्ला वन कार्यालयले प्रहरी बल मागे तुरुन्तै उपलब्ध गराउने व्यवस्था मिलाएको डिएसपी द्विवेदीले बताए । त्यसैगरी सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाका एसपी दमन थापाले सोबारे अहिलेसम्म माथिल्लो निकायबाट कुनै निर्देशन, आदेश नआएको बताए ।

आफ्ना केही अनुयायीसहित तपस्वी कहलिएका बमजन गत जेठ ३२ गते बिहीवार तपस्यास्थल छोडेर सिन्धुली गएका थिए । जाँदा बमजनले पाँच दिनपछि हलखोरिया फर्कने बताएपनि पटक–पटक फर्कने हल्ला फैलिएको छ । बमजनले हलखोरिया ज·ल छोडेको तीन महिना भएको छ । बमजनका अनुयायीहरूले हलखोरिया तपस्यास्थल वरिपरि केही दिन अघिदेखि सरसफाइ गर्न थालेकोले बमजन फर्कने सड्ढेत देखा परेको हो । यस अघि तपस्यास्थल सुनसान थियो ।

तपस्वीलाई फर्कन सहज वातावरण बनाउन बोधि श्रवण धर्मसङ्घका पदाधिकारीलगायत उनका सहयोगीहरूले जिल्लास्तरीय केही राजनीतिक दलका नेताहरूलाई हातमा लिएको बुझिएको छ ।

स्लोभाकियाकी विदेशी महिला मारिची र आ·ी भनिने एक स्वदेशी महिलालाई बन्धक बनाएको जानकारी पाएपछि बाराका सञ्चारकर्मीको खोज प्रयासबाट उनीहरू मुक्त भएका थिए । सो घटना भएको केही महिना नबित्दै बमजनलाई बोधि श्रवण धर्मसङ्घको नाममा नागरिकता, रातो पासपोर्ट र धार्मिक वन राज्यले प्रदान गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेको केही दिनमैं स्थानीय बासिन्दाको प्रतिकार र प्रहरीको सामान्य बल प्रयोगबाट बमजनका अनुयायीसहित बजमनले हलखोरिया छोडेका थिए ।

विदेशी महिला मारिचीले बमजनद्वारा कब्जा गरिएको विभिन्न सामग्री फिर्ता दिलाउन दिल्लीस्थित स्लोभाकिया दूतावासमा निवेदन दिएकी छन् ।

परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै इलाका प्रहरी कार्यालय निजगढमा समेत पत्र आइसकेकोले अनुसन्धानका लागि प्रहरी खटिने निजगढका प्रहरी निरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

 

 

Tapasvi Bamjanle Kuteko bhandai praharima uzuri (Nagarik News)

disappered article about bomjon violence

Mero Karmale bandhak bhae

(I was chained by my own Karma) – Interview with Marichi, Kathmandu, March 2012, Niranjan Kunwar – Kantipur paper version

Describing the kidnapping, holding captive 3 months, torture (breaking two wrists), robbery of laptop and other property, beatings and rape done by Ram Bahadur Bomjon (Maitriya Guru, Maha Sambodhi, Dharma Sangha, Tapasvi) to Marici, his then volunteer in Halkhoriya, Nepal, January – March, 2012.

mediacuts fotka-novinoveho-clanku-zdroj--fb