तपस्वी भनिएका रामबहादुर बमजनका अनुयायीद्वारा चक्काजाम डुमरवाना पिलुवाका स्थानीय युवाद्वारा प्रतिकार

prateek daily  तपस्वी भनिएका रामबहादुर बमजनका अनुयायीद्वारा चक्काजाम डुमरवाना पिलुवाका स्थानीय युवाद्वारा प्रतिकार.htm   प्रस, निजगढ, ३० जेठ/

The article is much lower,scroll down…
Powered By click here

तपस्वी भनिएका रामबहादुर बमजनका अनुयायीद्वारा चक्काजाम डुमरवाना पिलुवाका स्थानीय युवाद्वारा प्रतिकार

प्रस, निजगढ, ३० जेठ/
तपस्वी भनिएका रामबहादुर बमजनका अनुयायीहरूले मङगलवार बिहान करिब ८:१५ बजेदेखि पुन: सडक अवरुद्ध गरेपछि डुमरवाना पिलुवाका स्थानीय युवकहरूको एक समूहले बन्दकर्ताहरूलाई तितरबितर पारेका छन्। बमजनका लगभग डेढ/दुईसय सङ्ख्यामा आएका  अनुयायीहरूले निजगढ—पथलैया सडकखण्डको पसाहामा सडक बन्द गरेपछि प्रतिकारमा उत्रेका युवकहरूले डेढ घण्टापछि बन्दकर्तालाई तितरबितर पारेका थिए। बन्दको प्रतिकारमा उत्रेका समूह र बन्दको सर्मथनमा लागेका दुवै समूहले हातमा लठ्ठी लिई प्रतिकारमा उत्रँदा करिब डेढ दर्जनभन्दा बढी घाइते भएको हुन सक्ने प्रहरीको अनुमान छ। सो घटनामा परी बन्दको नेतृत्व गरिरहेका बोधी श्रवण धर्मसङ्घका सचिव रामकुमार थिङ, विशेष अनुयायी बालहरि राई, एक वृद्धसहित ३ जनालाई एम्बुलेन्समा राखी उपचारका लागि प्रहरीले वीरगंज पठाएको थियो। प्रतिकारमा परि थिङ र राईको टाउकोमा गहिरो चोट लागेको छ। प्रहरी सजगता अपनाउँदै घटना नियन्त्रित गर्न तीन राउन्ड हवाई फायर गरेको थियो। तपस्वीका अनुयायीहरूको ढुङगा प्रहारबाट इप्रका निजगढका प्रहरी सहायक निरीक्षण वैद्यनाथ दासको खुट्टामा चोट लागेको छ। घाइतेहरूको उपचार वीरगंज र निजगढका क्लिनिकहरूमा भएको जानकारी प्राप्त छ। झडपमा परी निजगढ ८ का सुमन लामाको पल्सर मोटरसाइकलमा क्षति पुगेको छ। घटनास्थल वरपरबाट करिब आधा दर्जन मोटरसाइकल र ३ दर्जनभन्दा बढी साइकल प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा परी करिब ४०/५० जना अनुयायी घाइते भएका अनुमान लगाइएपनि यकिन जानकारी आउन नसकेको बोधी श्रवण धर्मसङ्घका अध्यक्ष नीलबहादुर थिङले घटना भएको केही समयपछि प्रतिक्रिया दिए।
तपस्वी बमजनका आन्दोलित अनुयायीहरूले तपस्वीमाथि लगाइएको झूटो मुद्दा खारेज गर, सञ्चारकर्मी चाहिंदैन, सत्य समाचार सम्प्रेषण गर, तपस्वीको नागरिकता धर्मसङ्घ बमजनको नाममा बनाइदे, रातो पासपोर्ट बनाई ससम्मान निर्वाध विदेश भ्रमण जान दे, प्रहरी हस्तक्षेप बन्द गर, हलखोरिया वन क्षेत्रलाई धार्मिक वन बनाइदेजस्ता नारा लगाएका थिए । पछिल्लो केही महिना यतादेखि तपस्वी, तपस्वीको संरक्षण, संवद्र्धन र विकासको नाममा बोधी श्रवण धर्मसङ्घका पदाधिकारीहरू र तपस्वीका घर परिवारसँग तपस्वी भनिएका रामबहादुर बजमनको नाम परिवर्तन गरी धर्मसङ्घ बमजनको नाममा नागरिकता दिलाउन लगायत विभिन्न कारणले घर परिवार र धर्मसङ्घबीच दूरी बढेको हो।
झन्डै एक महिनाअघि जिल्ला प्रशासन कार्यालय बारालगायत सम्बन्धित निकायमा कारबाई माग गर्दै घरपरिवारले जाहेरीसमेत दिएको थियो । जाहेरीमा तपस्वीका नाममा गरिएको वन अतिक्रमण र फडानी गर्ने गराउने गिरोहउपर राज्यले बेलैमा कडा कारबाई गर्न घर परिवारले माग गरेका छन्।
बोधी श्रवण धर्मसङ्घलाई वार्ताबाट उचित निकास निकाल्न जिल्ला प्रशासनले पटक—पटक आग्रह गरेपनि वार्तामा नआई कानुनविपरीत कार्य गर्दै बन्दमा उत्रिएकाले अब प्रहरी प्रशासन चुप लागेर नबस्ने बाराका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए। लामो समयदेखि बाराको वन क्षेत्र अतिक्रमण, फडानी गरी कब्जा जमाउने कार्यप्रति जिल्ला प्रशासनको ध्यान गएको प्रमुख यादवले बताए। नक्कली जन्मदर्ता बनाएको बारेपनि अनुसन्धान भइरहेको प्रमुख यादवले जानकारी दिए।             शनिवारको बन्दपछि सहमतिअनुरूप आइतवार वार्ता गर्न जिल्ला प्रशासन कार्यालय बारा पुग्दा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क नहुदाँ वार्ता हुन नसकेको बोधी श्रवण धर्मसङ्घका अध्यक्ष नीलबहादुर थिङले जानकारी दिए । तपस्वीका अनुयायी बन्दकर्ताहरूले तपस्वीको तस्वीरको ब्यानर सडकमा राख्दै विभिन्न नारा लेखिएका प्लेकार्ड, टाउकोमा सेतो फेटा बाँधी, हातमा लठ्ठी लिई यातायातका साधन रोकेका थिए। विगतदेखि तपस्वीविरुद्ध आधा दर्जन भन्दा बढी मुद्दा प्रहरी प्रशासनमा परेपनि राज्य चुपचाप छ। तपस्यास्थल भनिएको हलखोरिया जङगलमा तपस्वीको सुरक्षाका लागि खटेका अनुयायीको एक समूहले घरेलु धारिलो हतियारसमेत बोक्ने र फरक मत राख्नेलाई तरबार देखाउँदै तर्साउने गरेको तपस्वीका दाजु गङगाजीत र दिलबहादुरले बताए। तपस्वीको नाममा बाराको डेढ/दुई सय हेक्टर वन क्षेत्र विगत ७ वर्षदेखि कब्जामा छ । ३० बिघाभन्दा बढी वन क्षेत्रको बोट–बिरुवा, रूख कटान गरी पक्की भवन निर्माण गरी कब्जा जमाउँदै आएका छन्। निजगढ, सिमरा, जीतपुरबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी सुरक्षा बेस निजगढ र सशस्त्र सुरक्षा बल भद्रकाली गण पिलुवाबाट समेत करिब एक सयको हाराहारीमा प्रहरी तैनाथ थिए।
Advertisements

Author: mareechi

I am one of the more than forty victims of Ram Bahadur Bomjon, the 'Buddha Boy' of Nepal. After I narrowly survived his 3-months long torture, I decided to inform the public about his crimes. I loved the Nepalese culture and its nature, including the Halkhoriya Jungle, and this connection and my extensive travels, as well as the ability to speak Nepali created an environment to understand the background of the prolonged and repeated crimes that "Maitriya Guru" Bomjon continues to pursue.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s